काठमाडौं । अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम वभागले जनाएको छ ।
विभागका अनुसार आज (बुधबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।