काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो समय चर्चामा रहेको गिरीबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरादरबार लगायतका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका पुनले बुधबार माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उदघाटनका क्रममा यस्तो माग गरेका हुन् ।आफूमाथि दर्जनौं अनियमिता र भ्रष्टचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरादरबारको प्रसंग चर्चामा ल्याइएको उनको आरोप छ ।