काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले भ्रष्टाचार आफू पनि नगर्ने र अरूले पनि नगर्ने कुरा गरे पनि उनकै वरिपरिका मान्छेहरू त्यसमा सहभागी भइरहेको प्पिणी गरेका छन् ।
अध्यक्ष लिङ्देनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘तपाईंका वरिपरिका मानिसले तपाईंले नियुक्ति गर्ने पदहरूमा करोड करोड अफर गरिरहेका छन् । धक्कुका साथ भनिरहनुभएको छ, भ्रष्टाचार गर्दिनँ भनेर तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईं वरिपरिकाले गरिरहेका छन्,’ ‘मलाई लाग्छ सूचनाबाट विमुख हुनुहुन्न ।’