तातोपानी । नेकपा एमालेको भोटेकोशी गाउँपालिकाको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । एमालेले हिजो (शनिबार) पालिकाको ५ ओटै वडामा एकैचोटि अधिवेशन गरेको हो । उक्त अधिवेशनबाट वडा नम्बर १ मा २१ सदस्यीय समिति चयन भएको छ भने अध्यक्षमा चमेरे प्रधान र सचिवमा नारायण विक निर्वाचित भएका छन्।
यसैगरी वडा नम्बर २ मा सांगे लामाको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित भएको छ भने सचिवमा मोहन गुरुङ चयन भएका छन् ।
यसैगरी नम्बर ३ मा बिले तामाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन भएको छ जसमा उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा साङ्दोर्जे शेर्पा सहसचिवमा कल्पना श्रेष्ठ र साङदोर्जे शेर्पा निर्वाचित भएका छन् ।
यस्तै फुर्वा शेर्पा ४ को अध्यक्षमा चयन भएका छन भने उपाध्यक्षमा राजन राउत, सचिवमा कमल कुमार श्रेष्ठ, उपसचिवमा फूर्निमा शेर्पा दीपक थामी लगाएतका २१ सदस्यीय समिति बनेको छ ।
वडा नम्बर ५ मा सिमी तामाङको अध्यक्षतामा १८ सदस्यीय वडा समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षमा इन्द्रबहादर श्रेष्ठ सचिवमा नामकाङ तामाङ, उपसचिवमा सन्जा तामाङ र किप्पा तामाङ लगायत रहेका छन्
उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा एमालेका केन्द्रीय तथा जिल्ला नेताहरु सहभागी थिए जसमा वडा नम्बर तीनमा शेरबहादुर तामाङ, ४ मा अरुण नेपाल १ मा सरेश नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ २ र कर्माचार्य ५ मा प्रमुख अतिथि रहेका थिए ।
अधिवेशनमा एमाले वागमती प्रदेशका नेताहरु निमफुञ्जो शेर्पा, आङछिरी शेर्पा, पूर्व जिल्ला अध्यक्ष कमल नेपाल,|जिल्ला नेताहरु सुशीला पाख्रिन, डिबी तामाङ, आङदोर्जे शेर्पा लगाएतहरुको पनि उपस्थिति रहेको थियो ।