काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटीमा रिहा भएकी छिन् ।
बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवबप्रसाद भट्टराईको एकल इजलासले सहकारी ठगी प्रकरणमा मुछिएकी कोइरालालाई १० लाख रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । कोइराला बुधबार बिहान कार्यालय समयमा अदालतमा उपस्थित भएकी थिइन् । अदालतको आदेशलगत्तै १० लाख रुपैयाँ बुझाएर कोइराला रिहा भएकी छिन् ।
मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएपछि कोइरालालाई पक्राउ गर्न प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि फरार भएकी कोइराला बुधबार बिहान अदालतमा उपस्थित भएकी थिइन् ।