काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने १ करोड धरौटी बुझाएका छन् । लामिछानेले बैंक ज्ञारेन्टीमार्फत अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् ।
गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।


