काठमाडौं । भारतको ओडिसा राज्य सरकारले त्यहाँको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।
समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन् ।
गत आइतबार (फेव्रुअरी १६) मा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गर्ल्स होस्टलमा बी।टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।