काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत छान्न तीन सदस्यीय समिति गठन गरेका छन् ।
पौडेलले गठन गरेको समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल र अन्य सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।