काठमाडौं । तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि लम्बिने भएको छ।
आज पत्रकार सम्मेलन गरेर काठमाडौँ तराई-मधेश द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले यस्तो बताएका हुन् । उनले गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माणमा ढिलाइ भएको उल्लेख गरे ।
शाहले भने, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन। त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ। गत असोज १२ र १३ गतेको भीषण वर्षाले हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही ढिलाइ भएको हो।’
मन्त्रिपरिषदको २०७४ वैशाख २१ गतेको बैठकले द्रूतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
त्यहीअनुरुप २०७६ भदौ १ गते स्वीकृत गरिएको यो द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यस आयोजनाको अनुमानित लागत एक खर्ब ७५ अर्ब रुपैयाँ छ ।