काठमाडौं । आजदेखि काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु हुँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न आज र भोलि यस्तो मेला आयोजना गर्न लागेको हो
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान उद्घाटन गर्नेछन्। श्रम र सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सम्मेलन गर्न लागिएको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।
श्रम शक्तिको यथोचित उपयोग गरी रोजगारी सिर्जना गर्ने क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको सदुपयोग गर्ने लक्ष्य सरकारले राखेको छ।