काठमाडौं । संवैधानिक इजलासमा आज पनि संवैधानिक पदाधिकारी नियुक्तिको रिट हेर्दाहेर्दैमा राखिएको छ । बुधवार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको सुनुवाइ भएको थियो ।
बुधवारको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भीमार्जुन आचार्य, मोहना अन्सारी, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँलगायतले बहस गरेका थिए । बुधवारको सुनुवाइपछि संवैधानिक इजलासले अर्को पेसी चैत ६ गतेका लागि तोकेको छ ।