काठमाडौं । आज पनि देशका केही स्थानको मौसम बदली हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखिसाधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान रहेको छ ।
आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


