काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले संविधानअनुसार कुनै पनि पार्टीको एकल बहुमत आउन नसक्ने अवस्था रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए। यसमा पार्टीको दोष नभई संविधान नै त्यस किसिमको रहेको बताए। यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताए।


