काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आज पार्टी सभापति निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आगामी चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
प्रवक्ता प्रकाशशरण महतले बैठकले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमबारे छलफल गरेर निर्णय गर्ने बताए।