काठमाडौं । त्रिभुवन विमानस्थलमा कोकिनसहित एक समातिएका छन् । प्रहरीका अनुसार हङकङबाट काठमाडौं आएका सुनसरीका २५ वर्षीय मनिश राई समातिएका हुन् । नेपाल एअरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनी ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको चेकिङ एरियाबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।