काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालाई हटाएका छन् । उनले सोमबार निरौलालाई हटाएर संजिब बराललाई महानिर्देशक बनाएका हुन् ।
तीन महिनाकै अवधिमा निरौलालाई हटाएर बराललाई ल्याएका हुन् । निरौलालाई भने जिम्मेवारीबिनाको मन्त्रालयको उही कोरिडोरमा तानिकएको छ ।
बरालले आजैबाट पदको जिम्मेवारी सम्हालिसकेका छन् भने निरौला विभागबाट बिदावारी भएका छन् ।
अहिले विभागअन्तर्गत अर्बौँ लगानीका ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनासहित केही आयोजना निर्माणाधीन छन् । निर्माणाधीन र अब निर्माण हुने सिँचाइ आयोजनाको ठेक्कामा हालिमुहाली गर्न मन्त्री खड्काले महानिर्देशक हेरफेर गरेको बताइएको छ ।



