काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले मुद्दा जितेकी छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी कार्कीले मेडिकल काउन्सिल सदस्य पदबाट राजीनामा दिएकी थिइनन् । मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी जोगिएको थियो । पछि उनले कानुन व्यवसायीको सल्लाहमा मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन् ।