काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बस्दै छ ।
केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार आजको बैठकमा मुख्यगरी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् र्याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजनाका विषयमा छलफल हुनेछ ।
काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ ।