काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् ।
प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासहरूमार्फत् जनधनको क्षति कम गर्न आफ्नो जोड रहने बताए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।