काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको झ्वाँकमा महोत्तरी भंगाहा नगरपालिकाका मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाइदिएका छन् ।
मेयर साहले आइतबार महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन्। उनले भने, ‘मन्त्रालयलाई पटक पटक ताकेता गरें । तर, प्रशासकीय अधिकृत पठाउन चासो पनि देखाइएन । सम्पूर्ण कामकाज रोकिएपछि कार्यालय खोलेर के काम ? बन्द गरेर साँचो सीडीओ साहेबलाई बुझाएका छौं ।’