काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी चैत १५ गते काठमाडौंमा एक लाखभन्दा धेरै जनता उतार्ने दाबी गरेको छ ।
उपाध्यक्ष जगन्नाथ खतिवडाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् ।
उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरे ।