काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ सदस्य रहेका सिफारिस समितिले दिनेश प्रसाद भट्टलाई नियुक्ति दिने गरी समितिले चलखेल गरेको दरखास्त आह्वान गरेका उमेद्धारहरुको दावी रहँदै आएको थियो ।
सिफारिस समितिले गत पुस ९ मा योग्यता, तालिम र अनुभव बापतको अंकका आधारमा कार्यकारी प्रमुखका लागि आवेदन दिएका १६ प्रतिस्पर्धीको अंक सहितको नामावली सार्वजनिक गरेको थियो ।