काठमाडौं । लोकसेवा आयोगले झण्डै तीन महिना पछाडि नेपाल प्रशासन सेवामा ३४ पद थपेर अर्को विज्ञापन प्रकाशन गरेको छ ।
लोकसेवा आयोगले गत मंसिर २६ गते एकै पटक ४२० शाखा अधिकृतका लागि विज्ञापन खोल्दा दरबन्दी लुकाएर विज्ञापन खोलिएको बिषय अदालतमा प्रवेश पाएपछि स्थगित भएको शाखा अधिकृतको विज्ञापन फेरि प्रकाशन भएको हो ।
यस अघि प्रशासनसेवातर्फ ८४ पदका लागि विज्ञापन खोलिएको थियो । सोही विज्ञापनमा दरबन्दी लुकाएर प्रकाशन गरिएको भन्दै कर्मचारीहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाउँदै कर्मचारीहरु उच्च अदालत पुगेका थिए ।सोही पछि सामान्य प्रशासनले लुकाएको दरबन्दी विवरण लोकसेवा आयोगमा पठाइएपछि आयोगले उक्त विज्ञापित संख्यामा ३४ पद थपेर आज अर्को विज्ञापन प्रकाशन गरेको हो ।