काठमाडौं । सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् ।
सफाइ पाउनेमा तिरहुत गाउँपालिकाका उपाध्यक्ष एवम् योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे र सदस्यहरु दुर्गानन्द यादव र वीरेन्द्र कुमार यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इञ्जिनियर उग्रानन्द पाठक र सबइञ्जिनियर जागेश्वर मण्डल रहेका छन् ।
यस्तै, उपभोक्ता समिति अध्यक्ष रवेन्द्र कुमार यादव, सचिव धीरेन्द्र कुमार यादव र कोषाध्यक्ष रेणु कुमारी यादव रहेका छन् । उनीहरुले झन्डै साढे ६ लाख रुपैयाँको भ्रष्टाचार भएको भन्दै उक्त रकम बिगो बनाइ मुद्दा चलाइएको मा सफाइको फैसला भएको हो ।