काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम नगर्न अन्तरिम आदेश दिएको छ ।
आइतबार सर्वोच्चका न्यायाधीशहरू शारगङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । अधिवक्ता खडानन्द कँडेलले ऊर्जामन्त्रीले कानुनविपरीत बनाइएको समितिलाई काम गर्नबाट रोक्न भन्दै दायर गरेका थिए ।
उद्योगीहरूसँगको बक्यौता रकम विवाद समाधान गर्ने भन्दै मन्त्री खड्काले २ मंसिरमा योजना आयोगका पूर्वउपाध्यक्ष अरविन्द मिश्रको संयोजकत्वमा श्रीरामराज पाण्डे र सीए सुजन कुमार काफ्ले सदस्य रहेको समिति बनाएका थिए ।