काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले अनेक बहानाबाजी गरेर नअल्झाउन डिजीहरुलाई निर्देशन दिएका छन् । उनले विभागका महानिर्देशहरू सम्मिलित बैठकमा यस्तो निर्देशन दिएका हुन्।
मुख्यसचिव अर्यालले अल्झाउने र झुलाउने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरे। नयाँ काम गर्न नरुचाउने, सकिँदैन र हुँदैन भन्ने रेडीमेट जवाफ, हुँदैछ र गर्दैछु, हेरौँला, गरौँला, भनौँला भन्नेजस्ता प्रचलित भाषाको प्रयोग गर्ने र काम अल्झाउने र झुलाउने प्रवृत्ति अन्त्य गर्न र कानुन सम्मत तोकिएको जिम्मेवारी पूरा गर्न नसक्ने भए जिम्मेवारीको विकल्प खोज्न उनको आग्रह थियो।