काठमाडौं । सैनिक वार कलेज नगरकोटमा नेपाली सेनाका महासेनानीहरूको लागि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ। बिहीबार एक कार्यक्रमका बीच बलाध्यक्ष रथी प्रदीपजंग केसीले तालिमको उद्घाटन गरेका हुन्।
सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने यो सबैभन्दा उच्चस्तरको तालिम हो। तालिममा २ महिलासहित ३५ जना महासेनानीहरू सहभागी भएको नेपाली सेनाले जानकारी दिएको छ।
हालसम्म १३ महिलासहित ३४० जना सैनिक अधिकृतहरूले तालिम लिइसकेका छन्।


