काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक हुन् । थापासँगै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए ।


