काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । ९३ वर्षीय उनी गतराति गुहावटीमा निधन भएको हो।
भारतको आसामका स्थायी बासिन्दा उनको गएराति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी दिए।
‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।


