काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक चलखेल नगर्न चेतावनी दिएका छन् ।
उनले बिहीबार काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन्।
व्यवस्था परिवर्तनका लागि उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाइ हुने उनको भनाइ थियो।