अमेरिका । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाको संयोजकमा लक्ष्मण सापकोटा चयन भएका छन् । हालै बसेको प्रथम औपचारिक बैठकले सापकोटाको नेतृत्वमा ४७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । सापकोटा ख्यातिप्राप्त नेपाली सेफको रूपमा क्यालिफोर्नियाको स्यान फ्रान्सिस्को शहरको प्रसिद्ध होटलमा कार्यरत छन् ।
समाचार अनुसार बैठकले अध्यक्षमा दीपक भुसाललाई चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष शोभ थापा, उपाध्यक्ष लक्ष्मी बुढाथोकी, वरिष्ठ महासचिव सुरेश बनेर, महासचिव विवेक तामाङ, सहायक महासचिव नरेन्द्र डांगी, कोषाध्यक्ष सरुफ मनसुर चयन भएका छन् । त्यसैगरी वरिष्ठ सल्लाहकारमा रमेश बस्नेत, अमर गुरुङ छन् भने सल्लाहकार बेदप्रसाद अधिकारी, दीपक अधिकारी रहेका छन् ।
बैठकले कार्यसमिति सदस्यहरूमा नवीन राणा, गान्धीप लामा, राजकुमार दाहाल, अरुण विक, चन्द्र विक, श्रीराम थापा, थल कुमार अधिकारी, भीमसेन ओली, नारायण बस्नेत, अमृत तामाङ, सुरेश धमला, निरबहादुर थापा मगर, कृष्ण श्रेष्ठ, रामशरण थापा, खनिज बोगटी, कृष्ण बुढाथोकी, रामचन्द्र हुमागाईँ, तिलक मगर, छत्रा चन्द, अनन्त आङदेम्बे, उज्जवलदी आङदेम्बे, सुरज केसी, एना थापा, प्रेम मगर, गोपाल रिजाल, धर्म साउद, नेरु गिरी, प्रेम लामा, ओम काफ्ले, सुदीप लामा, पासाङ लामा, हरि मगर, कृष्ण थापा र प्रदीप तामाङ रहेका छन् ।
विश्वभरका नेपाली सेफहरुलाई एकीकृत गर्दै नेपाली खानाको प्रचारप्रसार र खानाको स्तर उन्नतिका लागि अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले कार्य गदै आइरहेको र आफ्नो नेतृत्वमा यसकार्य लाई विस्तार गरिने संयोजक सापकोटाले बताए ।