काठमाडौं । काठमाडौं उपत्यकाका प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन्। प्रहरी महानिरीक्षक दीपक थापाले बुधबार १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गर्दा वृत्त इन्चार्जहरु परिवर्तन भएका हुन् ।
सरुवा अनुसार प्रहरी वृत्त थानकोटमा एलिजा गिरीलाई पठाइएको छ भने ज्ञानबहादुर बिष्टको बालाजु वृत्तमा सरुवा भएको छ । यसैगरी नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङ पुगेका छन् भने मधुकुमार थापाको सरुवा कालीमाटी वृत्तमा भएको छ । कीर्तिपुर वृत्तमा राजबाबु महर्जन गएका छन् ।
ठिमी वृत्तमा नवराज ढुंगाना, यमकुमार श्रेष्ठ चापागाउँ वृत्तमा र सातदोबाटो वृत्तमा रामकुमार यादवको सरुवा भएको छ ।