काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद कायमै राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षे उमेरहद संशोधन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो ।