काठमाडौं । सचिव केदारनाथ शर्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो । उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशमा प्रमुख सचिवका रुपमा कार्यरत थिए ।
सचिव अर्जुनप्रसाद पोखरेलले केही समयअघि अवकाश पाएपछि भूमि मन्त्रालयमा सचिव पद रिक्त थियो ।