काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वामपन्थी एकताको झण्डालाई नछाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले प्रगतिशील लेखक सङ्घको १३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिलाई बधाई कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष दाहालले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट रहेको बताए।
“माओवादीको केन्द्रीय समितिले वामपन्थी एकताको प्रयास छाड्न हुँदैन भन्ने नीति नै पारित गरेको छ। हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्नु माक्सवादी चिन्तन हुँदैन”, उनले भने।