काठमाडौं । स्रोत नखुलेको झन्डै ४३ लाखसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले आइतबार ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित शिवा पटवा भन्ने आशिष कुमारलाई पक्राउ गरेको हो ।
शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्ने उनको कोठामा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९०० नेपाली रुपैयाँ तथा २६ लाख ५४४ भारतीय रुपैयाँ गरी कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।