काठमाडौं । केही दिनअघि मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको शपथ ग्रहण आज हुँदैछ।
शपथ कार्यक्रम आज बिहान साढे ११ बजे सिंहदरबारमा हुने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
सरकारको सिफारिसमा गतसाता राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए।
।