काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका धेरै भूभागमा पर्षा भइरहेको छ ।
मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै गएको कारण अब पूर्वतर्फ पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
आज गण्डकी, बागमती र कोसी प्रदेशका बाँकी केही भूभागसँगै मधेस प्रदेशकोसमेत थोरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावनासमेत रहेको छ।