काठमाडौं । आज धेरै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशको पहाडी भू-भागको केही र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
त्यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिमको तराईका भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भानवा छ ।
