काठमाडौं । पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण गृहमन्त्रीको राजीनामाको चर्चा लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।
यसका साथै बैठकमा पार्टीको भ्रातृ संस्था, क्रियायाशील सदस्यतालगायत एजेन्डामा छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।
खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप लागेको छ । कांग्रेसकै नेता शेखर कोइरालाले आफूमाथि प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने आवाज उठाएका छन् भने केहीले राजीनामा दिन नपर्ने भन्दै आइरहेका छन् । यसबारेमा आजको पदाधिकारी बैठकले के निर्णय गर्ला सर्वत्र चासोका साथ हेरिएको छ ।