काठमाडौं । सत्तारुढ दल नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले प्रजातन्त्र प्राप्तिपछि नेपालमा गरिबी घटेको दावी गरेका छन् ।
सांसदसमेत रहेका थापाले शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रूपमा भएको बताए। प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा विकासको आकांक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए।
महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताए।