काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथिको आक्रमण राजनीतिक रहेको दावी गरेका छन् । उनले संसदमा विपक्षी दलल भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा मागेपछि पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेका हुन् ।
‘जेठ ८ गते सहसचिवलाई भिजिट भिसाका सन्दर्भमा सोधपुछका लागि बोलाएको र मोबाइललगायत ल्यापटप पनि नियन्त्रणमा लिएको भन्ने कुरा मैले सञ्चार माध्यमबाट जानकारी पाएको हुँ’, उनले भने, ‘यो विषयमा मेरो संलग्नता देखाएर जसरी विषय आएका छन्, मेरो संलग्नता छैन, म माथिको आक्रमण राजनीतिक रूपले गरिएको छ ।’
उनले आफूले विषय राख्नका लागि समय माग गरेको नपाएको कारणले आफूले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेको बताए । साथै, उनले आफ्नो जीवन पारदर्शी भएको समेत बताए ।


