काठमाडौं । आज देशका धेरै स्थानको मौसम बदली हुने जल तथा मौसा विभागले जनाएको छ । । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश र मधेश प्रदेशका तराईका भूभागहरुका थोरै स्थानहरूमा हावाहुरिको सम्भावना रहेको छ।