काठमाठौं । नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस २०८२ को अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । यस सम्बन्धमा संगठनले विहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
संगठनका अनुसार स्मृति दिवसको अवसरमा अन्तर ट्रेड युनियन ब्याडमिन्टन प्रतियोगिता, वृक्षारोपण तथा गोडमेल कार्यक्रम, बृहत रक्तदान, राष्ट्रब्यापी हाजिरी जवाफ प्रतियोगिता २०८२ र सहिद स्मृति मूल समारोह उत्कृष्ट कार्यसमिति घोषणा, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा संगठनकी अध्यक्ष भवानी दाहालले आफूहरु सदैव कर्मचारीहरुको सामुहिक हक अधिकारका लागि लागिपर्ने बताइन् । संगठनको केन्द्रीय समिति मातहतमा १७ केन्द्रीय विभाग, ७७ जिल्ला कार्यसमिति, ४१ विभागीय कार्यसमिति र करिब ५०० पालिकामा कार्यसमिति रहेको छ ।


