काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।
उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष प्रचण्डले बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


