काठमाडौं । आज (बुधबार) एकैदिन संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।
यसरी आज बैठक बस्ने तय भएका समितिहरुमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन् ।
आज बिहान १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ । उक्त बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायत विषयमा’ छलफल गर्ने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदाको प्रतिवेदनमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्ने तय छ ।


