काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । यसरी आज बैठक बस्ने तय भएका समितिहरुमा अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समिति रहेका छन् ।
आज दिउँसो १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । उक्त बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यसूची छ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।


