काठमाडौं । तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले सीमाक्षेत्रमा रहेका अधिकारीसँग ‘भर्चुअल मिटिङ’ राखेका छन् ।
खासगरि मधेश प्रदेशका जिल्लाहरूमा तस्करी नियन्त्रणमा खटिएका मातहतका अधिकारीहरू नै विवादमा मुछिएको सन्दर्भमा अर्यालले भर्चुअल बैठक गरेका हुन् ।
उनले मंगलबार भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरूलाई कडा निर्देशन जारी गरेका हुन् । अर्यालले सीमा सुरक्षासम्बन्धी विविध विषयमा कडाइका साथ कार्यसम्पादन गर्न मातहतका युनिटका अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।


