काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नहुने स्पष्ट पारेको छ ।
हिजो माओवादीले पार्टीसँग एकता गर्ने निर्णय गरे लगत्तै आज बिहान नेकपाको बैठक बसेको हो।
नेकपाको बैठकले आफ्नै नेतृत्वमा नयाँ केन्द्र निर्माणमा जोड दिनुपर्ने निष्कर्ष निकालेको विप्लव सचिवालयले जनाएको छ।
बैठकले उत्पादन केन्द्रित रहेको नेकपाको नयाँ कार्यक्रम र विप्लवको नेतृत्वमा देशलाई निकास दिन जोड दिँदै नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणको आवश्यकता औँल्याएको छ।


