काठमाडौं । सत्तारुढ दल नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सहिद मनोज -झपेन्द्र -सुरेन्द्रको स्मृतिमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनले विहीबार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले गरेकी थिइन् ।

उक्त अवसरमा राष्ट्रव्यापी रनिङ्ग शिल्ड हाजिरी जवाफ प्रतियोगितामा संघीय संसद सचिवालय प्रथम, महान्यायाधिवक्ताको कार्यालय दोस्रो तथा भक्तपुर जिल्ला कार्य समिति तृतीय भएका थिए भने शिक्षा विभागीय कार्य समितिले चौथौ स्थान प्राप्त गर्न सफल भएको थियो । यसैगरी उपत्यका स्तरीय कविता प्रतियोगितामा कुमारीचोक अड्डामा कार्यरत अन्जु न्यौपानेले प्रथम स्थान ओगट्न सफल भएकी थिइन् भने पर्यटन विभागका गोविन्द न्यौपाने द्धितीय भएका थिए तृतीयमा संघीय संसद सचिवालयमा रहेका निरज दहालले बाजी मारेका थिए ।
अन्तर ट्रेड युनियन ब्याडमिन्टन प्रतियोगिता पुरुष डबलमा क्रमश: कृष्ण सलामी, ठगेन्द्र राना प्रथम, सिद्धराज ओझा, रमेश उपरकोटी द्वितीय, भएका थिए ।
यसैगरी लेखनाथ कोइराला, लक्ष्मी प्रसाद गुरागाई, अशोक पोखरेल, बुद्धि बहादुर घिमिरे, फणिन्द्र प्रसाद खनाल, रुक्मिणी अधिकारी, निलकण्ठ पौडेलले पूर्व पदाधिकारी सम्मान प्राप्त गरेका थिए । यस्तै बढुवा तथा विशेष योगदान सम्मान पाउनेहरुमा अनुप ढकाल, सुरेन्द्र बहादुर शाही, खगेन्द्र बर्देवा, पुष्पराज जोशी, रमेश भट्टराई, चुरामणी अर्याल, सुवास भट्टराई रहेका थिए ।
उक्त कार्यक्रममा एमाले महासचिव पोखरेल र संगठनकी अध्यक्ष दाहालले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।


